जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीद्वारा पक्राउ 

लोकपथ
63
Shares

काठमाडौं । सशस्त्र प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित चार जनालाई भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले मंगलबार दिउँसो करिब साढे १२ बजे पक्राउ गरेको हो । उनीहरूको साथबाट सशस्त्र प्रहरीले १५ ग्राम लागूऔषध ब्राउन सुगर र ५० वटा ट्याब्लेटसमेत फेला पारेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ बस्ने ३३ वर्षीय सुनिल थापासहित लोकन्थली घर बताउने ३३ वर्षीय आशीष पाण्डे, इमाडोल घर बताउने २१ वर्षीया राशी गौतम र काठमाडौंको नक्साल घर बताउने २१ वर्षीय युनिक पोखरेल छन् । 

लागूऔषध कारोबार मुद्दामा कैद भुक्तानी गरिरहेको थापा जेनजी आन्दोलनमा क्रममा फरार भएका थिए । 

नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक कारबाहीको लागि बरामद लागूऔषधसहित सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?