वाम गठबन्धनपछि मुलुकले स्थिर सरकार पाउँछः मन्त्री पोखरेल

बर्दिवास, २३ कात्तिक – नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले अब एउटा लामो कालखण्डसम्म मुलुकले स्थिर सरकार पाउने दाबी गरेका छन् महोत्तरी–१ बाट वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका नेता पोखरेलले आज बर्दिवास–३ रजवासमा चुनावी घरदैलो कार्यक्रमको शुरुआत गर्दै नेकपा(एमाले) र आफ्नो पार्टीसहितका वामपन्थी मिलेर चुनावमा उत्रिएपछि अब स्थिर सरकार बन्ने विश्वसनीय आधार बनेको बताए । “नेपाली जनताको सबै वामपन्थी मिलेर अघि बढ्न भन्ने चाहना रहँदै आएको थियो”, विनाविभागीयमन्त्री पोखरेलले भने, “हामीले जनताको यो चाहना पूरा गरेका छौँ ।”आपूmहरुको सहकार्य र सहमतिको राजनीतिले वामपन्थी मात्र नभएर फरक विचारका अन्य शक्तिलाई पनि विचार मिल्नेसँग सहकार्य गर्न उत्प्रेरित गरेको बताउँदै नेता पोखरेलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएसँगै मुलुक नयाँ युगको नयाँ चरणमा प्रवेश गर्ने भएकाले यो अभिभारा पूरा गर्न वामपन्थीको चुनावी अभियानमा खुला सहयोगका लागि आग्रह गरे सोही कार्यक्रममा महोत्तरी–१ प्रदेशसभा (क) क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार एमाले नेत्री शारदा थापाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका कामलाई प्राथमिकतामा राखेर मुलुकको समृद्धिको ढोका वामपन्थीले नै खोल्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?