काठमाडौं । रौतहटको गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियामा सोमबार राति लुटपाट गर्न खोज्ने दुई युवालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी छन् । लुटपाट गर्न खोज्ने तीन जनामध्ये एक जना भने फरार रहेका छन् ।
उनीरुलाई सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा बेस सन्तपुरको स्ट्राइकिङ टोलीले नियन्त्रणमा लिएको हो । सोही जिल्लाको राजदेवी नगरपालिका–८ बस्ने धमेन्द्र राय यादव र निजकी श्रीमती चञ्चला यादव सवार मोटरसाइकल रोकेर चञ्चलाले लगाएको गहना लुटपाट गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया