के भयो आज सुनचाँदीको मूल्य ?

लोकपथ
147
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुन प्रतितोला २५ सयले बढेको हो । 

अघिल्लो दिन ३ लाख २६ हजार १ सय रुपैयाँमा  कारोबार भएको सुनको मूल्य आज २५ सय रुपैयाँले बढेर ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदीको मूल्य  भने घटेको छ ।  महासंघका अनुसार आज चाँदी २ सय ५ रुपैयाँले घटेको हो ।  अघिल्लो दिन ६ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज २ सय ५ रुपैयाँले घटेर  ५ हजार ८ सय  १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?