रामेछापको सिरुबारीमा निर्वाचन सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटना

लोकपथ
140
Shares

काठमाडौं । फागुन २१ को निर्वाचनको सामग्री र कर्मचारी बोकेको सवारी दुर्घटना भएको छ ।

सोमबार रामेछापको रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा उक्त सवारी दुर्घटना भएको हो ।

मन्थलीबाट कालिकादेवी मावि र देउराली माविको लागि निर्वाचन सामग्री र कर्मचारी बोकेर जाँदै गरेको सवारी दुर्घटना भएको हो ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले दिएको जानकारी अनुसार उक्त गाडी सडकबाट अन्दाजी २ सय मिटर तल झरेको थियो ।

थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?