जेनजी अगुवा मिराज ढुङ्गाना गगन थापालाई समर्थन गर्न सर्लाहीमा

लोकपथ
56
Shares

काठमाडौं । जेनजी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई समर्थन गर्न सर्लाही पुगेका छन् । ढुङ्गानासहितका युवाहरू सोमबार दिउँसो सर्लाही ४ पुगेका हुन् । 

मिराज त्यस्ता जेनजी अगुवा हुन् जसले गत भदौ २३ गतेको जेनजी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाएको थियो । 

माइतीघरबाट शुरू भएको उक्त जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रम गर्ने तयारी थियो । 

उक्त आन्दोलनमा घुसपैठ हुनासाथ मिराजले सबै जेनजीहरूलाई आन्दोलन आफूहरूको नियन्त्रणबाट बाहिर गएकाले सबैलाई घर फर्कन आह्वान गरेका थिए । 

त्यसयता उनका माग पूरा गर्नलाई अहिलेको जेनजी सरकारलेसमेत कुनै पहल गरेन । त्यतिमात्र होइन मिराजले प्रधानमन्त्री सुशीला कार्कीलाईसमेत भेट्न पाएनन् । 

उनको टिमलाई सिंहदरबार प्रवेशमा समेत रोक लगाइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?