इरानको आक्रमणमा परी यूएईमा मृत्यु हुने नेपालीको पहिचान खुल्यो

लोकपथ
0
Shares

काठमाडौं । मध्यपूर्वको तनावकाबिच युनाईटेड अरब इमिरेट्स (यूएई) मा मृत्यु हुने नेपालीको पहिचान खुलेको छ ।

यूएई (दुबई) स्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार मृत्यु हुने नेपालीमा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन् ।

उनी दुबईको मिडिल एस्ट कम्पनीमा सेक्यूरिटी कम्पनीमा कार्यरत रहेको दूतावासले जनाएको छ ।

ईरान–इजरायल–अमेरिकाबिचको तनावकाबिच ईरानले दुबईका विभिन्न स्थानमा आक्रमण गरिरहेको छ ।

यता दूतावासले श्रेष्ठको शव यथाशिघ्र नेपाल लैजाने प्रक्रिया थाल्ने जनाएको छ । साथै त्यहाँ रहेका नेपालीहरुलाई यूएई सरकारले तोकेको नियम अनुसार अघि बढ्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?