काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा सम्मुखमा रहेकाले शान्तिपूर्ण वातावरणमा फागु पूर्णिमा (होली) पर्व मनाउन आग्रह गरेका छन् ।
फागु पूर्णिमाको अवसरमा आज शुभकामना दिँदै उनले होलीको रङले सम्बन्ध नजिक बनाउनुका साथै तथा निर्वाचनको नतिजाले जनजीवनमा आशा र उमङ्ग ल्याउने विश्वास व्यक्त गरेका हुन् ।
‘भोलिदेखि निर्वाचनको मौन अवधि पनि सुरु हुँदैछ । शान्तिपूर्ण वातावरण बनाऔँ, संयमता राखौँ र विवेकका साथ समावेशी समृद्ध नेपाल निर्माणका लागि मतदान गरौँ । हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ, ‘उनले भने ।
रङहरूको पर्व होलीले उल्लासमय वातावरणका साथै सामूहिकता र मेलमिलाप सम्झाइरहने उल्लेख गर्दै संयोजक दाहालले यस पटक मध्यपूर्वमा बनेको परिस्थितिका कारण फागु पहिले जस्तो खुला उल्लासमा मनाउन सकिने अवस्था नरहेको बताए ।
‘हजारौँ प्रवासी नेपाली र उनका परिवार चिन्तामा छन् । यो बेला धेरैका मन भारी छन्, विदेशमा रहेका सबै नेपाली सुरक्षित रहनु भन्ने कामना गर्छु, ‘उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया