कसरी लाग्न पुग्यो त्रिपुरेश्वरमा एकाएक भीषण आगलागी ?

काठमाडौँ, २३ कात्तिक – आलम मेकानिकल वर्कसप त्रिपुरेश्वरमा आज साँझ भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार आगलागीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न सकेको छैन । सो घटनामा परी दुई जना घाइते भएकाम ट्रमा सेन्टरमा उपचार भइरहेको छ प्रहरीका अनुसार आगलागीबाट करिब रु ४० लाख बराबरको क्षति भएको छ । काठमाडौँ र ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दमकल र अग्नि नियन्त्रक टोलीले आगलागी नियन्त्रण गरेको प्रहरीले जनाएको छ आगलागीका कारणबारे खोजी भइरहेको छ । आगलागीबाट जयन्ती पेट्रोल पम्पको स्टोरसमेत क्षति भएको छ । समयमै आगलागी नियन्त्रणमा आएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । “पेट्रोल पम्पमा आगलागी भएको भए ठूलो क्षति हुन सक्थ्यो, समयमै नियन्त्रण हुन सकेकाले दुर्घटना टरेको छ”, उपरीक्षक क्षेत्रीले भने। आगलागीमा परी मृत्यु भएकाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?