काठमाडौं। आजदेखि देशभर एक सातासम्म लगातार सार्वजनिक बिदा सुरु भएको छ । फागुपूर्णिमा (होली), प्रतिनिधिसभा सदस्य निर्वाचन, शनिबार र अन्तर्राष्ट्रिय महिला दिवस जोडिँदा साताव्यापी बिदा परेको हो ।
पहाडी जिल्लामा आज फागुपूर्णिमाका अवसरमा सार्वजनिक बिदा दिइएको छ भने भोलि फागुन १९ गते तराईका जिल्लामा होलीको बिदा रहेको छ । त्यसपछि फागुन २०, २१ र २२ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिदा दिइएको छ । फागुन २३ गते शनिबार परेको छ भने २४ गते (८ मार्च) अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पुनः सार्वजनिक बिदा रहेको छ ।
लगातार लामो बिदा परेकाले यसपटक धेरै मानिस होली मनाउन तथा निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट गाउँघर फर्किएका छन् । लामो बिदाका कारण यातायातका साधनमा यात्रुको चाप बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया