यूएईमा इरानको हवाई आक्रमणमा एक नेपालीसहित तीन जनाको मृत्यु

लोकपथ
14
Shares

काठमाडौं । इरानी क्षेप्यास्त्र हमलाबाट यूएईमा एक जना नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको छ।

गल्फ न्यूजका अनुसार उक्त घटनामा ज्यान गुमाउने अन्य दुई जना पाकिस्तानी र बंगलादेशी नागरिक रहेका छन् ।

फेब्रुअरी २८ देखि सुरु भएको आक्रमणका क्रममा यूएईले १६५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र र ५४१ वटा इरानी ड्रोनको सामना गरेको जनाएको छ।

आक्रमणका कारण विभिन्न देशका नागरिक घाइते भएका छन् । एमिरेटी, इजिप्टियन, इथियोपियाली, फिलिपिनो, पाकिस्तानी, इरानी, भारतीय, बंगलादेशी, श्रीलंकाली, अजरबैजानी, यमेनी, युगान्डन, इरिट्रियन, लेबनानी र अफगानी राष्ट्रियताका ५८ जना सामान्य घाइते भएको जनाइएको छ।

हालसम्म मृतक नेपाली नागरिकको परिचय खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?