काठमाडौं । सरकारले शनिबारबाट बढेको मध्यपूर्वको तनावपछि सम्बन्धित स्थानमा रहेका नेपालीहरुको सुरक्षाका लागि कदम चालेको बताएको छ ।
मध्यपूर्वी देशहरुमा बढेको तनावपछि शुक्रबार साँझ बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले त्यसबारे छलफल भएको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए ।
उनले नेपालबाट बाहिर जान लागिरहेकाहरु विमानस्थलमा नै अलपत्र परेकोमा यहीँ नै व्यवस्थापन गरिएको बताए । श्रम, पर्यटन र परराष्ट्र मन्त्रालयले सहकार्य गरेर समस्या समाधान गरेको बताए ।
‘नेपालबाट बाहिर जाने विदेशी कामदारहरुलाई नेपालकै अन्तर्राष्ट्रिय एयरपोर्टमा परेका समस्याहरुबारे यही नै समस्या समाधान भएको छ । यसलाई चाहीँ श्रम मन्त्रालय पर्यटन मन्त्रालय र परराष्ट्र गरी तीन वटै मन्त्रालयले सहकार्य गरेर यहाँको समस्या समाधान भइसकेको छ । ट्राभल एडभाइजरीहरु प्रकाशन भइसकेका छन्,’ उनले भनेका छन् ।
त्यस्तै यात्रामा रहेका धेरै नेपालीहरु अहिले विभिन्न देशको ट्रान्जिटमा रहेको र समस्यामा पर्न नदिन त्यहाँ सम्बन्धित देशका राजदूतावाससँग समन्वय गरी काम व्यवस्थापन भएको बताए ।
‘हाम्रो अर्को समस्या भनेको ट्रान्जिटमा गएर समस्यामा परेका नेपाली कामदार र प्यासेन्जरहस्लाई असुविधाबारे पनि छलफलहरु भए । उहाँहरुको सुविधाका लागि हरेक देशका राजदूतावासहरुका राजदूतहरुलाई अनुनय गरेर उहाँहरुलाई सम्पर्कमा आएर उहाँहरुलाई गन्तव्यमा पुर्र्याउने वा गन्तव्यमा र जान नसक्नेहरुलाई होटलमा छन् भने सम्बन्धित व्यवसाय दिने कम्पनी अथवा सम्बन्धित एयरलाइन्सहरुले रेखदेख गर्ने गरी समन्वय भइसकेको छ । त्यहाँ रहेका अधिकांश नेपालीहरुको स्वास्थ्य र सुरक्षाका बारेमा अहिलेसम्म कुनै पनि हताहत नभएको सुरक्षको निमित्त उचित प्रवन्ध मिलाइसकिएको र यससम्बन्धमा हरेक राजदूतावासलाई आग्रह गरेका छौँ,’ परराष्ट्रमन्त्री शर्माको भनाइ रहेको छ ।
त्यसो त परराष्ट्रमन्त्री शर्माले अपिहले सबै एयरपोर्टहरु बन्द भएका कारण ट्रान्जिटमा रहेका नेपालीहरुलाई फर्काउन नसकिने बताए । साथै अघि लैजान समेत नसकिने भन्दै यस्तो अवस्थामा जहाँ छ त्यही नै सरकारले गरेको प्रबन्ध अनुसार बस्न आग्ह गरे ।
इरान र इजलायलबिचको तनावका कारण नेपालीहरु रहेको खासगरी मध्यपूर्वी खाडीका देशहरुमा समस्या परेको छ । सरकारी तथ्यांक अनुसार हालसम्म विभिन्न खाडी मुलुकहरुमा १७ लाख भन्दा बढी नेपालीहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया