कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित

लोकपथ
462
Shares

काठमाडौं । नेपाली कांग्रेसबाट फुटेर बनेको नेपाली कांग्रेस (बीपी) मुलघर नेपाली कांग्रेसमा समाहित भएको छ ।

कांग्रेस सभापति गगनकुमार थापाले बीपी कांग्रेस नेपाली कांग्रेसमा समाहित भएको बताए ।

काठमाडौं क्षेत्र नं ५ र ६ को संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले बीपी कांग्रेस नेपाली कांग्रेसमा समाहित भएको बताए ।

वीपी कांग्रेसका संयोजक सुशीलमान शेरचन र वरिष्ठ नेता कर्ण मल्लसँग सहमति गरेर पार्टीलाई समाहित गरेका हुन् ।

कांग्रेसको विशेष महाधिवेशनपछि गगनको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि बीपी कांग्रेस नेपाली कांग्रेसमा समाहित हुन छलफल अघि बढेको थियो । सोही अनुसार निर्वाचनको मुखमा बीपी कांग्रेस मुल घरमा समाहित भएको भन्दै सभापति थापाले स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?