अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलता

लोकपथ
0
Shares

काठमाडौं । एभरेस्ट मार्शल आट्र्स एकेडेमीले अष्ट्रेलियाको प्रतिष्ठित ‘न्यू साउथ वेल्स) स्टेट अल स्टाइल कराँते च्याम्पियनसिप २०२६’ प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेको छ ।

एकेडेमीले प्रतियोगितामा आफ्नो पहिलो सहभागितामै अविश्वसनीय सफलता हासिल गरेको हो । एकेडेमीले प्रतियोगितामा दुई वटा स्वर्ण र एउटा रजत पदक जित हात पारेको छ । एकेडेमीका मुख्य प्रशिक्षक मुकुन्द्र महर्जनले मेन्स भेट्रान (३०–४० वर्ष) समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी, सिनियर महिला ७५ केजी तौल समूहमा लक्ष्मी भट्टले आफ्नो कौशल प्रदर्शन गर्दै अर्को स्वर्ण पदक थपिन् । एकेडेमीका उदीयमान खेलाडी आयत महर्जनले ८–९ वर्षको जुनियर विधामा कडा प्रतिस्पर्धाकाबिच रजत पदक सुरक्षित गर्दै भविष्यको च्याम्पियनका रूपमा आफूलाई उभ्याए । यो ऐतिहासिक उपलब्धिको लागि एकेडेमीले आफ्ना खेलाडी र प्रशिक्षकहरूको कडा परिश्रम, मेहनत र अनुशासनको प्रशंसा गरेको छ। एनएसडब्लुमा एभरेस्ट एकेडेमीले छोटै समयमा राम्रो प्रगति गरेको छ ।

यो सफलताले एकेडेमीको कद उच्च हुँदै गएको र यो एउटा गौरवशाली यात्राको सुरुवात मात्र भएको एकेडेमीको भनाइ छ ।

एकेडेमीले मुख्य प्रशिक्षक मुकुन्द्र महर्जनको कडा मेहनत र अथक परिक्षमका कारण यो उपलब्धी हासिल भएको भन्दै उहाँको समेत प्रशंसा समेत गरेको छ ।

पहिलो सहभागितामै तीनवटा पदक हात पार्नुले बिदेशमा पनि आगामी दिनमा नेपाली मार्शल आट्र्सको स्तर अझ माथि पुग्ने स्पष्ट संकेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?