फागुन २१ निर्वाचन : २ दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

लोकपथ
63
Shares
फाइला तस्बिर

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ–आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ ।

निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले पछिल्लो दुई दिनमा उपत्यकाबाट ८० हजार यात्रु बाहिरिएका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?