राप्रपाले रुपन्देही–२ मा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ ल्याएको थियो ५ हजार ६ सय मत 

लोकपथ
350
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने भएको छ ।

राप्रपाले कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचार फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेको भन्दै कांग्रेस उम्मेदवार पौडेललाई मतदान गर्ने निर्णय गरेको हो । 

यो क्षेत्रमा राप्रपाले आफ्नो उम्मेदवार उठाएको छैन । 

राप्रपाले २०७९ को निर्वाचनमा यो क्षेत्रमा समानुपातिकतर्फ  ५ हजार ६ सय मत प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?