काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान परिस्थितिमा मौन बस्नु भविष्यप्रति गैरजिम्मेवार हुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले अहिलेको अवस्थाबारे स्पष्ट धारणा राख्न नागरिकलाई आग्रह गरे ।
मौनता भविष्यप्रति गैर जिम्मेवारी हुने टिप्पणी गर्दै उनले इतिहासभन्दा पनि आफूले आफैँलाई माफ गर्न नसक्ने अवस्था आउन सक्ने चेतावनी दिए ।
जीवनको अन्तिम मोडमा पुगेपछि सही समयमा बोलेँ कि बोलिनँ भन्ने आत्म प्रश्नले सताउन सक्ने उल्लेख गर्दै उनले राष्ट्रको पक्षमा उभिएको आत्मसन्तुष्टि राख्न आग्रह गरे ।
ओलीले अब स्पष्ट कित्ताकाट गर्ने समय आएको भन्दै नागरिकलाई आफू कुन पक्षमा उभिएको हो भन्ने प्रस्ट पार्न आह्वान गरे । ‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ। तपाईँ राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ?’ उनले प्रश्न गरे ।
निर्वाचित सरकारलाई अपदस्थ गराउन विध्वंस मच्चाएर प्रतिनिधिसभा विघटन गराइएको आरोप लगाउँदै उनले देशलाई अस्थिर बनाउने प्रयास भइरहेको दाबी गरे ।
यस्तो अवस्थामा शान्त मनले निर्णय गर्न नागरिकलाई आग्रह गर्दै उनले भने, ‘यो देश हामीले बचाउने कि नबचाउने ? यो सोध्नै नपर्ने प्रश्न हो, तर सोध्नुपर्ने अवस्था आएको छ ।’
राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमानका विषयमा आफूले कहिल्यै सम्झौता नगरेको उनको जिकिर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया