सर्लाहीमा दम्पतीद्वारा आत्महत्या 

लोकपथ
154
Shares

सर्लाही । सर्लाहीको बलरा नगरपालिका निवासी एक दम्पतीले झुन्डिएर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा बलरा नगरपालिका–१० सुदामा निवासी ६० वर्षीय भनु महतो र उनकी पत्नी ५६ वर्षीया निर्मला देवी छन् । 

उनीहरूलाई आफ्नो घरबाट ५ सय मिटर उत्तर पश्चिमस्थित गोठ घरको बाँसको बलोमा प्लास्टिकको डोरीले पासो लगाएर झुन्डिएको अवस्थामा आज आइतबार बिहान ८ बजे मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । 

उनीहरूले शनिबार राति नै आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?