एकैदिन ५ हजार ६ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो

लोकपथ
231
Shares

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  ५ हजार ६ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ हजार ६ सय रुपैयाँले बढेर  ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी  २ सय ४५ रुपैयाँले बढेको हो । अघिल्लो दिन  ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज २ सय ४५ रुपैयाँले बढेर  ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?