पहिलो पटक ‘हरित निर्वाचन’ को अवधारणा : डिजिटल माध्यमबाट प्रचारप्रसार

लोकपथ
28
Shares

काठमाडौं । निर्वाचन आयोगले यसपटक प्रतिनिधि सभा निर्वाचनमा ‘हरित निर्वाचन’ अवधारणा अवलम्बन गरेको छ ।

जैविक रूपमा नष्ट नहुने वा वातावरणमा हानि पुर्‍याउने कागज, प्लास्टिक र इन्धनको प्रयोग कम गर्दै दिगो र प्रदूषणमुक्त निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

निर्वाचन आयोगका आयुक्त डा.जानकीकुमारी तुलाधरले निर्वाचन प्रचारमा कागजको प्रयोग घटाएर डिजिटल माध्यमबाट प्रचारप्रसार गर्न दलहरूलाई अनिवार्य निर्देशन दिएको जानकारी दिइन् ।

उनले भनिन्, ‘कागज कम प्रयोग गरौँ र डिजिटल माध्यमबाट प्रचारप्रसार गरौँ भन्ने हाम्रो उद्देश्य हो । प्रदूषण कम गर्न यसलाई आचारसंहितामा नै समावेश गरिएको छ ।’

प्रतिनिधि सभा निर्वाचनमा राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले पनि कागजको सट्टा डिजिटल प्रचार सामग्रीलाई प्राथमिकता दिएको पाइएको छ । आयोगले यसरी वातावरणमैत्री प्रचारमार्फत निर्वाचन प्रक्रियामा दिगोपना र स्वच्छता सुनिश्चित गर्न पहल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?