प्रतिनिधि सभा निर्वाचन : घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै

लोकपथ
35
Shares

काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि सञ्चालित घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदैछ ।

निर्वाचन आयोगले देशभरका ७ सय ५३ स्थानीय तहमा फागुन ३ गतेदेखि स्वास्थ्य स्वयंसेविकाहरूमार्फत घरदैलो मतदाता शिक्षा अभियान सञ्चालन गरेको थियो । निर्वाचन आयुक्त डाक्टर जानकीकुमारी तुलाधरका अनुसार अभियान प्रभावकारी रहेको छ । आवश्यकताअनुसार स्वयंसेविकाहरूले स्थानीय मातृभाषामा पनि मतदाता शिक्षा दिएका छन् ।

आयुक्त तुलाधरले भनिन्, ‘मतदाता शिक्षा र सूचना संप्रेषणलाई चुस्त दुरुस्त बनाउन हामीले सूचना संप्रेषण समन्वय केन्द्र स्थापना गरेका छौँ । सूचना सदाचार केन्द्र, प्रेस अफिस र मतदाता शिक्षा जस्ता निकायले मतदाता शिक्षाका लागि आवश्यक सामग्री निर्माण तथा सूचना संप्रेषण गर्ने गर्दछ । यही फागुन ३ गतेदेखि १७ गतेसम्म स्वयंसेविका महिलाहरूले घरदैलोमा गएर मतदाता शिक्षा दिइरहनुभएको छ ।’

आयोगले मतदाता शिक्षाको प्रभावकारिता सुनिश्चित गर्न ७ सय ५३ स्थानीय तहमा अनुगमनकर्ताहरू समेत खटाएको थियो । यस अभियानका कारण मतदाता शिक्षा घरघरमा पुगिसकेको र प्रभावकारी भएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?