काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर–५ मा चुनावी घरदैलोको क्रममा धिमाल सांस्कृतिक संग्रहालय पुगेर अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा स्थानीय बासिन्दा र संग्रहालय व्यवस्थापन समितिसँग कुरा गर्दै ओलीले संग्रहालयको विकासका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
उनले आफू सरकारमा हुँदा संग्रहालयका लागि विनियोजन गरिएको बजेट हालको सरकारले कटौती गरेकोमा असन्तुष्टि व्यक्त गर्दै भने, ‘म फेरि सरकार बनाएर आएपछि म यसलाई जुटाउनेछु । यस क्षेत्रको विकास गरिनेछ र यो संग्रहालयको विकास गरिनेछ ।’
ओलीले एमाले विकास प्रेमी पार्टी भएको दाबी गर्दै देश निर्माणका लागि सबै पक्षको रचनात्मक सल्लाह र सुझाव आवश्यक रहेको औँल्याए ।
उनले धिमाल जातिको मौलिक संस्कृति संरक्षणमा संग्रहालयको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै यसको स्तरोन्नतिका लागि आफू सधैँ तत्पर रहने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया