फेरि पक्राउ परे दुर्गा प्रसाईँ

लोकपथ
168
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छ ।

भक्तपुर जिल्ला प्रहरी परिसरको टोलीले उनलाई आज बिहान उनकै निवास बाट पक्राउ गरेको हो ।

उनको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियो । उनले पूर्वराजपरिवार सडकमा आउने भनी उत्तेजक अभिव्यक्ति दिएका थिए, तर वास्तविकतामा पूर्वराजपरिवारको सडकमा आउने कुनै कार्यक्रम छैन ।

हाल उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।

त्यसो त प्रसाईंलाई यसअघि ४ फागुनमा काठमाडौंमा पक्राउ गरी १३ फागुनमा रिहा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?