काठमाडौं । नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ६ वटा चुनावी सभा आयोजना गर्ने भएको छ । पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले विभिन्न सभालाई सम्बोधन गर्ने तालिका रहेको छ ।
दिउँसो १ बजे काठमाडौं–१० को कीर्तिपुरमा हुने सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन् । सो क्षेत्रमा कांग्रेसले हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ ।
दिउँसो २ बजे भक्तपुर–२ को ठिमीमा हुने सभालाई उपसभापति शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ । उक्त क्षेत्रमा कांग्रेसले वरिष्ठ पत्रकार कबिर राणालाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी, काठमाडौं क्षेत्र नम्बर–२ को पेप्सीकोला टाउनप्लानिङमा हुने सभालाई पनि उपसभापति शर्माले सम्बोधन गर्नेछन् । सो क्षेत्रमा युवा नेता कबिर शर्मा उम्मेदवार छन् ।
दिउँसो ३ बजे काठमाडौं–७ को बालाजु चोकमा हुने सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन् । उक्त क्षेत्रमा प्रमोदहरि गुरागाईँ उम्मेदवार रहेका छन् ।
दिउँसो ३ः३० बजे काठमाडौं–५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा आयोजना हुनेछ । काठमाडौं–५ मा प्रदीप पौडेल र काठमाडौं–६ मा सबुज बानिया उम्मेदवार छन् । संयुक्त सभालाई सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन् ।
यस्तै, दिउँसो ४ बजे काठमाडौं–४ को बालुवाखानीमा हुने सभालाई सभापति थापाले सम्बोधन गर्ने तालिका रहेको छ । उक्त क्षेत्रमा कांग्रेसले क्रिकेट कमेन्टेटर तथा युवा नेता सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया