मतदातालाई लिङ्देनले भने- ‘राप्रपामा भोट दिएर पछुताउनु पर्दैन’

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आफ्नो पार्टी कुनै पनि दलसँग गठबन्धन नगरी स्वतन्त्र रूपमा चुनावमा उत्रिएको स्पष्ट पारेका छन् ।

शनिबार झापा–३ मा आफ्नो चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले घोषित वा अघोषित रूपमा कुनै पनि पार्टीसँग तालमेल नगरेको दाबी गर्दै मतदाताहरूलाई राप्रपाको शक्तिमा भरोसा गर्न आग्रह गरे ।

उनले विशेष रूपमा नेकपा (एमाले) का मतदाताहरूलाई सम्झाउँदै भने कि विगतका चुनावमा एमालेका मतदाताले उनलाई मतदान गरेर जिताएकोमा कृतज्ञ रहेको बताए ।

अध्यक्ष लिङदेनले आफूले संसदमा काम गर्दा भ्रष्टाचार नगरेको, कुनै पक्षपात नगरेको र देशहितको पक्षमा काम गरेको दाबी पनि गरे । उनले भने, ‘मैले कुनै एउटा जात, धर्म वा पक्षको मात्र होइन, समग्र देशहितको कुरा गरेको छु । आज सबैले एक अर्कालाई निषेध गरिरहेको बेला पनि राष्ट्रिय एकता र सहमतिको कुरा गरिरहेको छु ।’

उनले राप्रपा बलियो बन्नुपर्नेमा जोड दिँदै मतदाताहरूलाई विवेक प्रयोग गरेर देशको भविष्यका लागि मतदान गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?