देशी विदेशी प्रतिक्रियावादीविरुद्ध अभियान छेड्छौँ : प्रचण्ड

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशीविदेशी प्रतिक्रियावादीहरू विरुद्ध अभियान छेड्ने चेतावनी दिएका छन् । 

शनिबार लिवाङ मा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले देश अप्ठ्यारो अवस्थामा पुगेको बताए ।

उनले मुलुकलाई संकटबाट पार लगाउन, सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रामार्फत समाजवादतर्फ अघि बढ्न पुनः एक पटक देशी–विदेशी प्रतिक्रियावादी शक्तिविरुद्ध अभियान आवश्यक भएको बताए । 

आसन्न निर्वाचनमार्फत स्वाधीनता र आत्मसम्मानमाथि प्रहार गर्ने शक्तिहरूलाई प्रतिवाद गर्ने सन्देश दिन खोजिएको उनको भनाइ थियो ।

दाहालले विदेशी शक्ति र तिनका दलालले नेपालको स्वाधीनता तथा आत्मसम्मानमाथि हस्तक्षेप गर्न खोजे नेपाली जनता नयाँ एकता र संकल्पका साथ प्रतिवाद गर्न तयार रहेको दाबी गरे । उनले देशभर र विश्वभर रहेका नेपालीहरूलाई नयाँ आत्मविश्वासका साथ एकताबद्ध हुन आह्वान गरे ।

देशलाई संकटबाट उकास्न सबै राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?