सुरक्षा जोखिमपछि युएई सरकारको विशेष अपील, भन्यो– ‘घरभित्रै सुरक्षित रहनुहोस्’

लोकपथ
700
Shares

युएई । संयुक्त अरब इमिरेट्स सरकारले नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन विशेष अपील गरेको छ ।

इरानले अबुधाबीस्थित अल दाफ्रा क्षेत्रमा रहेको अमेरिकी सैन्य बेसमा आक्रमण सुरु गरेपछि सरकारले अबुधाबी क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको हो ।

सरकारले घरबाहिर ननिस्कन, झ्याल–ढोकाबाट टाढा बस्न र आधिकारिक सूचना मात्रै पछ्याउन अनुरोध गरेको छ ।

आक्रमणपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ । यसैबीच, बहराइनको अवस्था पनि नाजुक बन्दै गएको जनाइएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?