काठमाडौं। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र मतभेद भए पनि आगामी चुनावमा सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।
शनिबार फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।
उनका अनुसार, पार्टीले देशभर १६३ स्थानमा उम्मेदवार खडा गरेको छ र सबै उम्मेदवारलाई जिताउन पार्टी एक जुट हुनुपर्ने आवश्यकता रहेको छ ।
भट्टराईले भने, ‘पार्टीभित्र सहमति र असहमति दुवै छन्, तर अहिले हाम्रो फोकस अन्तर्विरोध भुलेर चुनावमा एकजुट हुनु हो ।’
उनले भदौ २३–२४ को जेनजी आन्दोलनमा उठाइएका सुशासन र भ्रष्टाचारसँग सम्बन्धित माग महत्त्वपूर्ण रहेको बताए । भट्टराईले विगतमा पार्टीले सुशासन र भ्रष्टाचार नियन्त्रणमा पर्याप्त काम गर्न नसकेको स्वीकार गरे ।
उनले भने, ‘हाम्रो पार्टीका केही नेताहरू भ्रष्टाचारसँग जोडिएका छन् । यसबारे सत्य–असत्य छानबिन होस् । एमाले र नेताहरू छानबिनको दायराभन्दा बाहिर जानु हुँदैन । हामी छानबिनको दायराभित्र रहन चाहन्छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया