काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशभरबाट कांग्रेसप्रति उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन् ।
शनिबार जारी गरेको भिडियो सन्देशमा उनले यसले आफूलाई ठुलो ऊर्जा दिएको बताए ।
महामन्त्री पौडेलले भने, ‘देशभरका साथीहरू र मतदाताले फोन गरेर ‘तपाईँहरूले कांग्रेस रूपान्तरण गर्नुभयो, अब देश रूपान्तरणको प्रक्रियामा अझ उत्साहजनक तरिकाले अगाडि बढ्नुस्’ भनेको कुराले मलाई अझ उत्साही बनाएको छ ।’
काठमाडौं–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका उनले कांग्रेसका कार्यकर्ताहरूलाई मतदातासँग प्रत्यक्ष संवाद गर्न आग्रह गर्दै राजनीतिका तमाम विकृतिहरू सफा गर्ने र नयाँ ढङ्गले अघि बढ्ने विश्वास दिलाएका छन् ।
‘आदरणीय मतदाताज्यूहरूले जसरी स्नेह प्रकट गर्नुभएको छ, त्यसले मलाई अत्यन्त उत्साही बनाएको छ, ‘उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया