काठमाडौं । होली पर्व र गर्मीयामको सुरुवातलाई लक्षित गर्दै ल्याण्डमार्क होटेल ग्रुपले ‘प्रि-समर होली स्टे’ प्याकेज सार्वजनिक गरेको छ । ल्याण्डमार्कले काठमाडौं, पोखरा, भैरहवा र चितवनस्थित ल्याण्डमार्क फरेस्ट पार्कमा उक्त प्याकेज ल्याएको हो । यो अफर योजना आगामी मार्च १५ अर्थात् नेपाली चैत १ गतेसम्मका लागि मात्र रहने छ ।
होलीलाई परिवार, साथीभाइ तथा प्रियजनसँग सुरक्षित, आरामदायी र स्मरणीय रूपमा मनाउन चाहने ग्राहकलाई लक्षित गर्दै विशेष छुटसहित प्याकेज ल्याइएको जनाएको । रंग, संगीत र उल्लासको पर्वलाई शहर तथा पर्यटकीय गन्तव्यमा सहज बसाइसँग जोड्ने उद्देश्य ल्याण्डमार्क गुप्रले लिएको जनाएको छ ।
कहाँ के सुविधा ? कति शुल्क ?
ल्याण्डमार्क काठमाडौं

दरबारमार्गस्थित ल्याण्डमार्क काठमाडौंमा डिलक्स रुममा बीबी (बेड एन्ड ब्रेकफास्ट) आधारमा एक रात बसाइको सुविधा राखिएको छ । आगमनका क्रममा वेलकम ड्रिंक्स प्रदान गरिनेछ । ल्याण्डमार्क काठमाडौंमा एक रातका लागि एक जना मात्रै बस्नलाई ५ हजार ४९९, दुई जनाका लागि ६ हजार ९९९ र ट्रिपलका लागि ९ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ । अतिरिक्त बच्चाका लागि २ हजार रुपैयाँ थप लाग्ने बताएको छ ।
ल्याण्डमार्क पोखरा

पर्यटकीय नगरी पोखरास्थित ल्याण्डमार्क होटेलले पनि समान अवधारणामा प्याकेज सार्वजनिक गरेको छ । यहाँ पनि डिलक्स रुममा एक रात बसाइ र ब्रेकफास्ट समावेश छ । पोखरामा पनि काठमाडौंकै शुल्क रहने जनाइएको छ । जसअनुसार एक जना मात्रै बस्नका लागि ५ हजार ४९९, दुई जनाका लागि ६ हजार ९९९ र तीन जनाका लागि ९ हजार ४९९ रुपैयाँ लाग्ने छ । २ वर्षभन्दा बढी उमेरको बच्चा भएमा थप दुई हजार रुपैयाँ शुल्क लाग्ने जनाइएको छ । पोखरामा होलीको रमाइलोसँगै फेवाताल र हिमाली दृश्यको अनुभव लिन सकिने होटेलले जनाएको छ ।
ल्याण्डमार्क भैरहवा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको ल्याण्डमार्क भैरहवाले भने अझै सस्तो दरमा होली प्याकेज सार्वजनिक गरेको छ । यहाँ एकल बसाइका लागि ४ हजार ४९९ निर्धारण गरिएको छ भने दुई जनाका लागि ५ हजार ९९९ र ट्रिपल सेयरिङमा ७ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । २ वर्षभन्दा बढी उमेरका बच्चा भएमा र अतिरिक्त बेड चाहिएमा दुई हजार रुपैयाँ थप शुल्क लाग्नेछ । धार्मिक तथा पर्यटकीय गन्तव्य लुम्बिनी भ्रमणसँगै होली मनाउन चाहनेका लागि यो प्याकेज उपयोगी हुने होटेलले दाबी गरेको छ ।
ल्याण्डमार्क फरेस्ट पार्क, चितवन

चितवन राष्ट्रिय निकुञ्ज नजिकै अवस्थित ल्याण्डमार्क फरेस्ट पार्कले पनि प्रकृतिसँगै होली मनाउने अवसर प्रदान गर्ने उद्देश्यले आकर्षक प्याकेज सार्वजनिक गरेको छ । यहाँ पनि डिलक्स रुममा बेड एण्ड ब्रेकफस्टमा एक रात बसाइ तथा आगमनमा स्वागत पेयको व्यवस्था गरिएको छ । यहाँ एक जना मात्रै एक रात बस्दा ५ हजार ४९९, दुई जनाका लागि ६ हजार ९९९ र ट्रिपल बेड सेयरिङमा ९ हजार ४९९ रुपैयाँ कायम गरिएको छ । छुट्टै बेड चाहिने बालबालिका भएमा थप दुई हजार रुपैयाँ शुल्क लाग्नेछ ।
ल्याण्डमार्क होटेल ग्रुपका अनुसार सीमित अवधिका लागि ल्याइएको यो अफरले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने कम्पनीले जनाएको छ । होली पर्वको उल्लाससँगै आरामदायी बसाइ, गुणस्तरीय सेवा र सुरक्षित वातावरणसँग जोड्दै पाहुनालाई विशेष अनुभव प्रदान गर्ने लक्ष्य ल्याण्डमार्क गुप्रले राखेको जनाएको छ । होली पर्व र त्यसपछिको निर्वाचन लगायतका विदालाई लक्षित गर्दै कम्पनीले यो प्याकेज ल्याएको हो ।
*infomercial Content
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया