काठमाडौं । निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबै सरोकारवालाहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएकी छन् ।
आयुक्त तुलाधरले देश निर्वाचनमय भइसकेको उल्लेख गर्दै आयोग मात्र नभई संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल र अन्य सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको जानकारी गराइन् । उनले आयोगले तीनै तहका सरकारहरूसँग निरन्तर समन्वय गर्दै आएको र राजनीतिक दलहरूसँग पनि नियमित छलफल भइरहेको बताइन् ।
डा.तुलाधरले भनिन्, ‘निर्वाचन केवल आयोगको जिम्मेवारी होइन, स्टेकहोल्डरहरूको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ। सबैको सहकार्य र समर्थनले मात्र फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण, स्वच्छ र स्वतन्त्र रूपमा सम्पन्न गर्न सकिन्छ।’
आयुक्तले निर्वाचनको सकारात्मक वातावरण निर्माणमा सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा जोड दिँदै आयोगले सम्पूर्ण सरोकारवालासँग निरन्तर सहकार्यको अपेक्षा गरेको उल्लेख गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया