गृहजिल्ला झापामा ओलीको घरदैलो : ‘विकास र समृद्धिको एजेण्डा’ लिएर जनताको आँगनमा

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी अभियानलाई तीव्र पार्दै जनताको घरदैलोमा पुगेका छन् ।

अध्यक्ष ओली आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा आफ्नो गृहजिल्ला झापामा केन्द्रित हुँदै घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाटमा जुटेका हुन् । उनले दमकसहित विभिन्न क्षेत्रमा पुगेर मतदाताको सुझाव र अपेक्षा सुनेका छन् ।

घरदैलो कार्यक्रममा स्थानीय मतदाताको उल्लेख्य सहभागिता देखिएको थियो । विशेषगरी युवाहरूसँग ओलीले देशको भविष्य, रोजगारी र विकासका विषयमा संक्षिप्त छलफल गरेका थिए ।

दमक नगरपालिकाका विभिन्न वडामा पुगेका बेला स्थानीयले खानेपानी, सडक पूर्वाधार र सुकुम्बासी समस्या समाधानमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।

जवाफमा अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा सुरु गरेका अधुरा आयोजनाहरूलाई पूर्णता दिने प्रतिबद्धता जनाउँदै झापा–५ लाई नमूना निर्वाचन क्षेत्र बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको बताए ।

झापा–५ मा विपक्षी दलहरू पनि सक्रिय रूपमा चुनावी अभियानमा लागिरहेका छन् । यसबीच ओलीको घरदैलो कार्यक्रमले क्षेत्रमा चुनावी सरगर्मी बढाएको छ । राजनीतिक विश्लेषकहरूले उनको सक्रियताले एमालेको आधार क्षेत्र थप सुदृढ हुन सक्ने आँकलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?