काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं उपत्यका केन्द्रित चुनावी प्रचार अभियानमा सक्रिय भएको छ ।
र्यालीमा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहित अन्य शीर्ष नेताहरूको सहभागिता रहेको थियो । र्याली काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थान हुँदै अघि बढेको थियो ।
पार्टीका अनुसार बिहान ६ः०० बजे पाशुपत क्षेत्रबाट सुरु भएको कार्यक्रम साँझ ६ः०० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा पुगेर समापन हुनेछ ।
अभियानमार्फत उपत्यकावासीसँग प्रत्यक्ष संवाद गर्ने र पार्टीका एजेन्डा प्रस्तुत गर्ने लक्ष्य रहेको रास्वपाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया