काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिन पूर्ण रूपमा बन्द हुने भएको छ।
नेपाल रेल्वे कम्पनी लिमिटेडले आज एक सूचना जारी गर्दै फागुन १९ गतेदेखि २१ गतेसम्म रेल सेवा पूर्ण रूपमा बन्द हुने जानकारी दिएको हो ।
सूचनाअनुसार यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्तिसुरक्षा प्रत्याभूति गराउने उद्देश्यले १९ फागुनदेखि २१ गते बिहीबारसम्म भंगाहा-जनकपुर-जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहने जनाइएको हो ।
उक्त अवधिमा यात्रुलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै फागुन २२ गते शुक्रबारदेखि साविकबमोजिम नियमित रेल सेवा सञ्चालनमा आउने सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया