निर्वाचनका दिन मतदान केन्द्रमै प्राथमिक स्वास्थ्य सेवा सुनिश्चित गर्न आयोगको निर्देशन

लोकपथ
0
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मतदानका दिन देशभर रहेका १० हजार ५६७ मतदान स्थल र २३ हजार ५१५ मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा सुनिश्चित गर्न आग्रह गरेको हो ।

आयोगका अनुसार निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्गता भएका व्यक्ति, अशक्त र ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै मतदान केन्द्रमै प्राथमिक उपचारको व्यवस्था गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?