कांग्रेसले सरकार बनाएर सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन गर्छ : गगन थापा

लोकपथ
189
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर पूर्वप्रधानमन्त्री समेत रहेका निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानविन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शुक्रबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भईसकेको आफ्नो सम्पत्ति छानविन गर्ने बताए ।

सभापति थापाले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने कांग्रेसको संकल्प रहेको जिकिर गरे ।

सभापति थापाले मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउने गरी कांग्रेसले सरकार बनाएर काम गर्ने आश्वासन समेत दिए ।

उनले भने, ‘देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ । यो नेपाली कांग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छ । त्यो शक्तिशाली आयोगले २०४६ सालपछि प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवाको सम्पत्ति, मन्त्री भएको गगन थापाको सम्पत्ति सबैभन्दा पहिला त्यहाँबाट छानविन शुरु गर्छ । आफ्नो बा भएपनि छोडदैन । एउटा, एउटा कुराको छानविन गर्छ । एउटा एउटा काण्डको छानविन गर्छ ।र, भविष्यमा त्यस्तो कुनैपनि काण्ड हुन पनि दिन्न । त्यसका लागि संस्था बनाउँछ, कानून बनाउँछ । यो नेपाली काँग्रेस पार्टीले संकल्प गरेर आएको छ । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योगमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउँछ । तर कसरी रु चावुक चलाएर होइन । कसैलाई झुण्डयाएर होइन, कसैलाई ठोकेर होइन । नियम, कानून भित्र रहेर त्यो काम सकिन्छ ।’

सभापति थापाले कांग्रेसले सरकारको नेतृत्व लिनका लागि मुलुकलाई अघि बढाउने सबै विषयमा मिहिन ढंगले छलफल गरेको दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?