काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनपछि अतिवाद बढ्न सक्ने भन्दै मतदातालाई सचेत रहन आग्रह गरेका छन् ।
सभापति थापाले भदौ २३ र २४ को जेनजी आन्दोलनको घटनाका विषयमा दुई वटा अतिवादी सोच भएका मान्छेहरु समाजमा रहेको दाबी गरे ।
पोखरामा आयोजित कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले खासगरी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कटाक्ष गर्दै दुई किसिमको अतिवादले मुलुकलाई संकटमा लैजानसक्ने आरोप लगाए । खासगरी जेनजी आन्दोलनलाई षडयन्त्रको रुपमा मात्रै व्याख्या गरिरहेको नेकपा एमाले र सबै दोष पूराना पार्टीहरुले मात्रै देश बिगारे भन्ने भाष्य सिर्जना गरिरहेको रास्वपाप्रति गगनको कटाक्ष रहेको थियो ।
‘यो निर्वाचनपछिको परिणामले दुई वटा अतिवादलाई पोषण गर्न सक्ने खतरा छ । एउटा अतिवाद जसले भदौ २३ र २४ को घटनाको अवमूल्यन गर्छ, त्यो हुँदै भएको होइन भन्छ । त्यो केलव षडयन्त्र हो भनेर भन्छ, त्यहाँ युवाहरुको सहभागिता देख्दैन्, त्यहाँ असन्तुष्टि व्यक्त भएको देख्दैन । त्यस्तै अर्को अतिवाद छ, जो त्यो मौका छोपेर सिंहदरबार जलाउन पनि लगाउँछ र मौका पर्दा आफैँ जेलबाट पनि भाग्छ । यो अतिवाद हिजो पनि देख्यौँ, भोलि पनि यो अतिवाद आउन सक्छ,’ उनले भने ।
त्यस्तै आगामी ५ वर्ष मुलुकलाई सम्हाल्नुपर्नेमा जोड दिँदै सभापति थापाले मुलुकले अब द्वन्द्व ब्यहोर्न नसक्ने समेत बताए ।
‘५ वर्षको समय देशलाई सम्माल्नुपर्नेछ । कुनै पनि खालको द्वन्द्व अब नेपालले खेप्न सक्दैन,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया