चितवनमा बालेनले भने– ‘देश हेटौँडा सिमेन्टजस्तै बन्द छ, अब चलाउनुपर्छ’

लोकपथ
119
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले मुलुक अहिले हेटौँडा सिमेन्ट उद्योग जस्तै बन्द अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

शुक्रबार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमा दक्ष जनशक्ति, खानी र आवश्यक मेसिनरी हुँदाहुँदै पनि उद्योगहरू सञ्चालनमा आउन नसकेको बताए । हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै उनले अब उद्योगहरू पुनः सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औँल्याए ।

उनले नेपाली कांग्रेसको ‘वाईवाई’ फ्याक्ट्रीजस्तै उद्योगहरू निरन्तर सञ्चालनमा रहनुपर्ने भन्दै देशभरका बन्द उद्योग तथा कारखाना चलाउने योजना रास्वपाको रहेको बताए ।

उनले भने, ‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखानाजस्तै भएको छ। मेसिन पनि छ, जनशक्ति पनि छ, खानी पनि छ, तर बन्द छ। अब चल्नुपर्‍यो। देशभरका बन्द उद्योग तथा कारखाना सञ्चालन गर्ने पार्टी बन्न चाहन्छौँ हामी ।’

साथै, पार्टी सभापति नै चितवनबाट उम्मेदवार रहेकाले चिन्ता नगर्न उनले मतदातालाई आग्रह गर्दै घण्टी चुनाव चिन्हमा मतदान गर्न अपिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?