काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले व्यक्तिगत रूपमा राखिएका हातहतियार बुझाउन निर्देशन दिएको छ ।
सुरक्षा व्यवस्था मजबुत बनाउने उद्देश्यले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउन आग्रह गरिएको हो ।
‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गरी व्यक्तिगत रुपमा राखिएका इजाजत पत्र प्राप्त हातहतियारहरु नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाईमा लगत रहने गरी बुझाउनुहुन मिति २०८२/१०/०६ गतेको सार्वजनिक सूचनाबाट सरोकारवाला सबैमा अनुरोध गरिएकोमा अझैसम्म पनि केही व्यक्तिहरुबाट त्यस्ता प्रकृतिका हातहतियार बुझाउन बाँकी भएको देखिएकोले मिति २०८२/११/१८ गतेभित्र हातहतियार बुझाउनुहुन पुनः यो सूचना प्रकाशन गरिएको छ ।, ‘प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ
उक्त्त सुचनाअनुसार फागुन १८ गतेभित्र इजाजत पत्र प्राप्त हातहतियारहरु नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाईमा लगत रहने गरी सम्बन्धित व्यक्तिले बुझाई सक्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया