काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते हुने निर्वाचनमा कुनै पनि प्रकारको धाँधली स्वीकार्य नहुने बताएका छन् ।
झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बा सँग विद्यार्थी’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य हुँदैन । चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन सरकार गम्भीर होस् ।
ओलीले देशलाई सम्भावित संकटबाट जोगाउन एमाले निर्वाचनमा सहभागी भएको उल्लेख गर्दै जनताको मतबाट स्थिर र सक्षम सरकार गठन गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा सहभागी युवा विद्यार्थीहरूले अध्यक्ष ओलीसमक्ष समसामयिक राजनीतिक विषयमा विभिन्न जिज्ञासा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया