काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले जिल्लालाई विकास, सुशासन र समृद्धिको राष्ट्रिय नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले शुक्रबार पत्रकार सम्मेलनमार्फत आफूले शर्मालाई समर्थन गर्ने घोषणा गरे । केसीले भने, ‘रुकुमको समग्र विकासका लागि जनार्दन शर्मा सबैभन्दा बलियो र अनुभवी नेता हुन् । आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै म शर्मालाई साझा नेतृत्वको रूपमा स्वीकार गर्दछु ।’
नेता शर्माले निर्वाचनमा आफ्नो स्पष्ट खाका प्रस्तुत गर्दै गरिबी र बेरोजगारी मुक्त गर्ने, विकास र सामाजिक न्याय सुनिश्चित गर्ने लक्ष्य दोहोर्याए । उनले आम मतदातालाई विकास र समृद्धिको पक्षमा उभिन आग्रह गर्दै भने, ‘हाम्रो लडाइँ गरिबी र बेरोजगारी विरुद्ध हो। रुकुमलाई देशकै मोडल जिल्ला बनाउने हाम्रो दृष्टिकोण हो। आगामी निर्वाचनमा ‘आँखा’ चिन्हमा मतदान गरी विकासको पक्षमा एकजुट हुन म सम्पूर्ण मतदाता महानुभावहरूमा हार्दिक आह्वान गर्दछु ।’
यसअघि एमालेले पनि शर्मालाई समर्थन गरेको छ । यसरी शर्मालाई विभिन्न दल र साना उम्मेदवारको साझा समर्थन प्राप्त भएसँगै रुकुम पश्चिमको निर्वाचनमा उनको जीतको सम्भावना बलियो देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया