काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् ।
पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो अडान व्यक्त गरेका हुन् ।
उनले नेपालको आन्तरिक राजनीतिक विषयमा बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे ।
उनले लेखेका छन्, ‘चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो।’
उनले उक्त डकुमेन्ट्रीलाई सामान्य सञ्चार सामग्रीका रूपमा नभई सम्भावित भूराजनीतिक चलखेलको संकेतका रूपमा टिप्पणी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया