के भयो आज सुनचाँदीको मूल्य ?

लोकपथ
70
Shares

काठमाडौंं । नेपाली बजारमा आज  सुनको मूल्य  बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो । 

अघिल्लो दिन ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको  सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४०० रुपैयाँ मा कारोबार भएको महासंघले जनाएको छ  । 

यस्तै, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर तोलाको पाँच हजार ७२५ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?