काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आगामी फागुन १६ गते सबै नेपाली नागरिकलाई काठमाडौंमा उपस्थित हुन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एकजुट भएर तन, मन, र बचनले उपस्थित हुन सबैमा अपिल गरेका हुन् ।
प्रसाईँले भनेका छन्, ‘राजपरिवारका सदस्यहरू राष्ट्रको रक्षा, धर्मको संरक्षण, र सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रन तयारीमा रहेका छन् ।’
उनले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई राष्ट्रलाई संकटबाट जोगाउन फागुन १६ भित्र काठमाडौंमा उपस्थित भई समर्थन गर्न हार्दिक आह्वान गरेका छन् ।
उनका अनुसार राष्ट्र, धर्म र नागरिकको सुरक्षा हाम्रो साझा जिम्मेवारी हो । सबैलाई एकजुट भई तन मन बचनले उपस्थित हुन विनम्र अनुरोध छ ।’ राजपरिवारका सदस्यहरु स्वयम् सडकमा उत्रिने तयारीमा रहेको उनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया