काठमाडौं । नेपाली कांग्रेसले आज सुर्खेत र बाँकेमा चुनावी सभा आयोजना गर्दैछ । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर यो सभा राखिएको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, घण्टाघर डबलीमा मध्याह्न १२:३० बजे सभा सुरु हुने जनाइएको छ । यस सभालाई कांग्रेसका सभापति गगनकुमार थापा र उपसभापति पुष्पा भुसालले सम्बोधन गर्नेछन् ।
त्यसपछि आजै बाँकेको जानकी गाउँपालिका–३, मानपुरमा पनि चुनावी सभा हुनेछ । बाँकेका उम्मेदवार तथा प्रदेश सभापति अमरसिंह पुनका सचिव अनुपम जीसीका अनुसार यस सभालाई पनि सभापति थापाले सम्बोधन गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया