पहाडी र हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

लोकपथ
14
Shares

काठमाडौं । आज तराईका केही स्थानमा बिहान हुस्सु लाग्ने भएको छ भने देशका अधिकांश भागमा मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मौसम पूर्वानुमान महाशाखा ले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहने जनाएको छ । तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमाली भू-भागमा सामान्य बदली, पहाडी भू-भागमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ ।

यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?