मतदातालाई रविले भने– ‘जसले पैसा दिए पनि लिनु तर भोट चाँही घण्टीमा हाल्नु’

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका बेला पैसाको लोभमा भविष्य नबेच्न मतदातालाई आग्रह गरेका छन् ।

सिरहाको मिर्चैयामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कसैले पैसा दिन खोजे लिँदा केही नहुने तर गलत व्यक्तिलाई भोट हाले पाप लाग्ने बताएका हुन् ।

उनले भने, ‘पैसामा आफ्नो भविष्य नबेच्नु होला । कसैले पैसा दिएछ भने लिए हुन्छ, किनकि त्यो हाम्रो आफ्नै पैसा हो । आफ्नै पैसा हामीलाई बाँड्छ भने लिँदा पाप लाग्दैन, तर गलत मान्छेलाई भोट हाल्यो भने पाप लाग्छ ।’

लामिछानेले मतदातालाई सचेत रहँदै सही प्रतिनिधि छनोट गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?