काठमाडौं । उच्च हिमाली क्षेत्रमा विदेशी पर्यटकको स्वास्थ्य समस्या देखाएर फेक उद्धार (फेक रेस्क्यू) देखाई बीमा रकम ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका–२ घर भएका २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्षसमेत रहेका ५६ वर्षीय राजेन्द्र बहादुर सिंह रहेका छन् ।
वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानले ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, स्थानीय बीमा एजेन्ट तथा हेलिकोप्टर कम्पनीका शेयरधनीहरू समेत यस ठगी काण्डमा संलग्न रहेको देखाएको छ ।
अनुसन्धानका क्रममा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र विमानस्थलका अभिलेखमा हेरफेर गरिएको, र विदेशी पर्यटकको नाममा झुठ्ठा बीमा दाबी तयार गरी आर्थिक लाभ उठाइएको पाइएको छ ।
त्यसो त प्रहरीले यसअघि नै फेक रेस्क्यूको बहानामा ठगी गर्ने व्यक्ति तथा संस्थामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।
प्रहरीले हालसम्म ९ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया