टिकटक स्टार तुलसाको हनीट्र्याप जालो : अन्तरंग फोटो र भिडियो देखाएर गर्थिन् ब्ल्याकमेल

ब्ल्याकमेल गर्दै लिएकी थिइन् करिब ६ करोड

लोकपथ
2.9k
Shares

काठमाडौं । यतिबेला टिकटकलगायतका सामाजिक सञ्जालमा हनी ट्र्यापको आरोप र त्यसको प्रतिक्रियासम्बन्धी भिडियो र विषयहरू भाइरल छन् । टिकटकमा चर्चामा रहेकी एक पात्र तुलसा अधिकारीमाथि यतिबेला हनी ट्र्यापको आरोप लागेको छ । ललितपुरको सातदोबाटोमा अटो व्यवसाय गर्दै आएका चिमोरिया थरका एक पुरुषले अधिकारीमाथि हनी ट्र्यापमा पारी ६ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् ।

आफ्नो सामाजिक प्रतिष्ठा र परिवार बचाउन उनले अधिकारीलाई पटकपटक गरी करिब ६ करोड रुपैयाँ दिएको र त्यति गर्दा पनि ब्ल्याकमेल गर्न, परिवारमा धम्की दिन नछाडेको र नेपाली कांग्रेसनिकट तरुण दलका नेतृको समेत प्रयोग गरी धम्काएको आरोप लगाएका छन् । आफूमाथि पटकपटक ब्ल्याकमेल र ठगी भएपछि ती व्यवसायीले प्रहरी वृत्त सातदोबाटोमा अधिकारीमाथि आपराधिक लाभ र ठगीको कसुरमा जाहेरी दिएका छन् । सो जाहेरीमाथि प्रहरी वृत्त सातदोबाटोमा अनुसन्धान भइरहेको छ । 

व्यवसायी शंकर चिमोरिया (परिवर्तित नाम)ले आफू कसरी तुलसाको संगतमा पुगेँ, आफूलाई कसरी फिसिङ गरियो र कसरी आत्महत्याको प्रयाससम्म गर्न पुगेँ भनेर लोकपथलाई विस्तृतमा बताएका छन् ।

त्यसको सम्पादित अंश यस्तो छ :

तुलसासँगको चिनजान

शंकर चिमोरिया पेसाले अटो व्यवसायी हुन् । सातदोबाटोमा उनको कारहरूको सट्टापट्टा र किनबेच गर्ने शो रुम छ । गाडीकै व्यापार गर्ने भएकाले उनले आफ्नो व्यक्तिगत नम्बरसमेत सामाजिक सञ्जालमा राखेका थिए । 

यसै क्रममा २०७५ सालमा शंकरको मोबाइलमा एउटा अपरिचित नम्बरबाट कल आउँछ । आफू बुटवलस्थित महिन्द्रा शो रुमको कर्मचारी बोलेको र आफूहरूले पुरानो गाडी किनेर नयाँ गाडी दिने गरेकाले आफ्नो शो रुममा गाडी एक्सचेन्ज गरेमा किन्नुहुन्छ नि भनेर सोधियो । अनि महिन्द्रा शो रुम बुटवलमा काम गर्ने ती महिला कर्मचारीले आफ्नो नाम तुलसा अधिकारी भनेर चिनाइन् । 

पीडित परिवर्तित नाम शंकर चिमोरिया ।

शंकरले गाडीकै व्यापार गर्ने भएकाले नाफा हुने अवस्थामा गाडीको किनबेच गर्न कुनै समस्या नहुने जवाफ दिए । 

त्यसै क्रममा केही दिनपछि तिनै अधिकारीले आफूसँग हुन्डाईको क्रेटा कार आएको भन्दै रकमको कुराकानी गरिन् । सबै कुरा मिलेपछि उनले गाडी लिने कुरा गरे र बुटवलबाट काठमाडौंमा गाडी पठाएपछि शंकरले गाडी किने । त्यसको रकम शंकरले गाडी धनीलाई नै दिए । 

त्यसपछि शंकर र तुलसाको खासै कुराकानी भएन । पछि बुटवलकै अर्को एक कम्पनीको फर्चुनर कारको कुरा आएपछि उनी कुरा गर्न गए । गाडी हेरेर चित्त बुझेपछि गाडी खरिद गर्ने निर्णय गरे । 

त्यसै क्रममा आफू बुटवल भएको र अरू गाडीहरू आए हेर्न हुने भन्दै तुलसालाई फोन गरे । आफू बुटवल आइपुगेको जानकारी गराएलगत्तै तुलसा त्यसको करिब ५ मिनेटमै भेट्न आइपुगिन् । 

आरोपित तुलसा अधिकारी ।

तुलसाले पहिलोपटक शंकरलाई भेट्न आउँदा महिन्द्रा कम्पनीको आईडी कार्ड बोकेकी थिइन् । कोट प्यान्टसहितको अफिसियल ड्रेस लगाएकी थिइन् । 

त्यतिबेला फर्चुनर गाडी खरिदका लागि एक लेखनदासमार्फत कागज तयार हुँदै थियो । कागज तयार हुँदा तुलसा पनि त्यहीँ नै आइपुगेकी थिइन् र उनले त्यो सबै हेरिरहेकी थिइन् । 

कागज तयार भएपछि शंकरले गाडी धनीलाई नै आफ्नो कम्पनीको चेक काट्न लगाए र ७८ लाख रुपैयाँको चेक दिए । तुलसा त्यो हेरिरहेकी थिइन् । 

गाडी खरिदको सम्झौता भइसकेर गाडीसमेत लिएपछि शंकर तुलसालाई समेत बिदा गरेर त्यहाँबाट निस्कन लागे । तर तुलसाले खाजा नखाई जान पाइँदैन भन्दै खाजा खाने प्रस्ताव राखिन् र गाडीको अगाडिको सिटमा आएर बसिन् । शंकरले खाजा खाने प्रस्ताव स्वीकार गरेर आफूलाई ठाउँहरू थाहा नभएको भन्दै खाजा खाने रेस्टुरेन्टमा लैजान भने ।

त्यसपछि तुलसाले राम्रो रेस्टुरेन्ट भन्दै बुटवलबाट भैरहवा लगिन् । त्यहाँको एक होटेलमा पुर्‍याएपछि गाडी पार्क गर्न भनिन् । 

शंकर गाडी पार्क गरेर फर्कँदा तुलसा काउन्टरमा फारम भर्दै थिइन् र हातमा साँचोसमेत थियो । 

शंकरले ‘खाजा खाने होइन, किन कोठाको साँचो लिएको ?’ भन्दा उनले ‘व्यापारको कुरा गर्नु छ, शान्त स्थानमा बसेर कुरा गरौं न’ भनिन् । शंकरले त्यसलाई अन्यथा लिएनन् । तुलसाले दुई प्लेट मो मो र दुईवटा कोक मगाइन् । 

खाजा खाएपछि तुलसा आफू बसेको स्थानबाट उठेर आफ्नो काखमा आएर बस्न थालेको र आफूलाई उत्तेजित बनाएको शंकरले बताए । आफू उत्तेजित भएपछि सहमतिमै पहिलो भेटमै यौन सम्बन्ध स्थापित भएको शंकरले बताए ……. 

त्यसपछि शंकर र तुलसा होटेलको कोठासम्म पुगे । र, तुलसाले कोठामा पुगेर देखाउन थालिन् हर्कत । आफूलाई गर्मी भएको भन्दै पहिले कोट खोलिन् र बिस्तारै अफिसियल सर्टको टाँकहरू खोलेर अश्लीलता देखाउन थालिन् । केही समयमा खाजा पनि आइपुग्यो र दुवै जनाले खाए । 

खाजा खाएपछि तुलसा आफू बसेको स्थानबाट उठेर आफ्नो काखमा आएर बस्न थालेको र आफूलाई उत्तेजित बनाएको शंकरले बताए । आफू उत्तेजित भएपछि सहमतिमै पहिलो भेटमै यौन सम्बन्ध स्थापित भएको शंकरले बताए । 

त्यसपछि उनीहरू त्यस होटेलबाट निस्केर बुटवल फर्किए । तुलसालाई बुटवलमै छाडेर शंकर काठमाडौं फर्किए । 

… अनि फोन गरेर देखाउन थालिन् गोप्य अंगहरु

जब फेसबुकमा रिक्वेस्ट एसेप्ट भयो, तब तुलसाले लगातार भिडियो कल गर्दै आफ्नो स्तन र यौन अंगहरु देखाउने गर्न थालिन् …..

शंकर काठमाडौं आएकै दिन उनको फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । उनी तुलसा थिइन् र चिन्नेबित्तिकै उनले एसेप्ट गरे । शंकरको फेसबुक प्रोफाइलमै उनी विवाहित रहेको प्रमाण अर्थात् श्रीमतीसँगको फोटो थियो । तुलसाले पनि आफू विवाहित रहेको तर श्रीमानसँग खटपट चलिरहेको बताएकी थिइन् ।

जब फेसबुकमा रिक्वेस्ट एसेप्ट भयो, तब तुलसाले लगातार भिडियो कल गर्दै आफ्ना यौन अंगहरु देखाउने गर्न थालिन् । महिन्द्रा शो रुमको क्याबिनबाट र कहिलेकाहीँ बाथरुममा गएर समेत आफ्नो यौन अंगहरु देखाउन थालिन् । त्यसो नगर भन्दा ‘मलाई मन लाग्यो’ भन्दै उनी यौन अंग देखाउँथिन् । 

करिब २० दिन जति यस्तै चल्यो । 

अनि एकाएक काठमाडौं आइन् तुलसा

करिब २० दिन यस्तै चलिरहेको थियो, एकाएक तुलसा काठमाडौं आइपुगिन् । एक्कासि आफू काठमाडौं आइपुगेको उनले जानकारी गराइन् । किन आएको भन्दा महिन्द्राको ट्रेनिङ छ भनिन् । शंकरले ठीक छ काम सक भनेर भने । त्यसको करिब १ घण्टापछि नै तुलसाले आफू पुतलीसडकको होटेल तिरुपतिमा रहेको भन्दै भेट्न बोलाइन् । शंकरले आफू अफिसमा रहेको र काम धेरै भएको भन्दै तत्काल भेट्न नसक्ने बताए । तुलसाले लगातार फोन गरेपछि उनी करिब ३ बजे तुलसालाई भेट्न होटेल तिरुपतिमा पुगे । 

भैरहवाको रुममा सँगै बसेको फोटो देखाइन्

जब शंकर पुतलीसडकको होटेल तिरुपतिमा पुगे, तुलसाले भैरहवाको होटेलमा गोप्यरुपमा खिचेको फोटो देखाइन् । ‘फोटो किन खिचेको ?’ भनेर सोध्दा ‘तपाईंको याद आउँदा हेर्न खिचेको’ भनेर सुनाइन् । त्यतिबेला नै शंकरको मनमा चिसो पसिसकेको थियो । त्यहाँ भेटघाट भएपछि तुलसाले श्रीमानसँगको सम्बन्ध बिग्रिएको र छोरीको पढाई बुटवलमा राम्रो नभएको भन्दै काठमाडौं आउने भन्दै कोठा खोजिदिन आग्रह गरिन् । शंकरले सुरुमा आफै कोठा खोज्न भने । तर तुलसाले आफूलाई काठमाडौंको भूगोलबारे जानकारी नभएको भन्दै कोठा खोजिदिन बारम्बार आग्रह गरेपछि  कोठा खोजिदिने आश्वासन दिँदै पठाए ।

जब शंकर पुतलीसडकको होटेल तिरुपतिमा पुगे, तुलसाले भैरहवाको होटेलमा गोप्यरुपमा खिचेको फोटो देखाइन् …….

आरोपित तुलसा अधिकारी ।

त्यसको केही दिनपछि शंकरले एउटा फ्ल्याट भेटे । एक परिवार आफ्नो फ्ल्याट नै छाडेर विदेश जान लागेकाले फ्ल्याटको सामानसहित साँढे ५ लाख रुपैयाँमा कुरा मिल्यो । त्यसको जानकारी तुलसालाई गराउँदा अहिले आफूसँग रकम नभएको र पछि तिर्ने भन्दै उक्त रकम शंकरलाई नै तिर्न लगाइन् ।

शंकर अब तुलसाको ब्ल्याकमेलिङमा परिसकेका थिए । उनले बाध्य भएर सुरुमा ५ लाख ५० हजार रुपैयाँ फ्ल्याटका लागि तिरिदिए, तर पछि रकम फिर्ता गर्ने सर्तमा । 

त्यसपछि तुलसा आफ्नी छोरीलाई समेत लिएर काठमाडौं आएर उक्त फ्ल्याटमा बस्न थालिन् । त्यति नै बेला लकडाउन समेत सुरु भयो । 

लकडाउनमा आफ्नो काम नभएको भन्दै कोठाको सबै खर्च शंकरलाई नै तिराउन थालिन् र पछि कमाएर फिर्ता गर्ने कुरा गरिन् । 

जब लकडाउन सकियो तब तुलसाले आफूलाई जागिर लगाइदिन आग्रह गरिन् । शंकरले उनकै साथीको बालकुमारीमा रहेको निशान गाडीको शो रुममा जागिर लगाइदिए, जहाँबाट मासिक २० हजार रुपैयाँ तलब आउँथ्यो । त्यो करिब २०७७ सालतिरको कुरा रहेको शंकरले बताए । 

मासिक २० हजार रुपैयाँको जागिर खाने तुलसाको फ्ल्याटको भाडा नै मासिक २० हजार रुपैयाँ थियो भने खाना, अन्य खर्च गरेर मासिक ७० हजार रुपैयाँको हाराहारीमा हुन्थ्यो । त्यो सबै खर्च आफूलाई तिर्न बाध्य पारिएको शंकरले लोकपथलाई बताए ।

शंकरका अनुसार तुलसाले छोरीको पढाई भन्दै माछापुच्छ्रे स्कुलमा भर्ना गराइन्, जुन स्कुलको शुल्कसमेत शंकर आफूले तिरिदिन्थे ।

अनि सुरु भयो बलात्कारमा फसाइदिने धम्की 

करिब ७ महिना त्यहाँ जागिर गरेपछि तुलसाले अर्को प्रस्ताव राखिन्, जागिर नखाने आफै व्यापार गर्ने । त्यसका लागि सुरुमा शंकरलाई नै पसल खोजिदिन तुलसाले आग्रह गरिन् । 

पैसा दिन नसक्ने बताएपछि तुलसाले फेरि भैरहवाकै होटेलको फोटो देखाएर पैसा नदिए बलात्कारमा फसाइदिने धम्की दिइन् …..

शंकरले एक फेन्सी पसल खोजे, जसको मूल्य ७ लाख ७५ हजार रुपैयाँ थियो । तुलसाले आफूसँग पैसा नभएकाले त्यो पैसा पनि शंकरलाई नै तिरिदिन भनिन् ।

शंकरले आफूसँग पनि पैसा नभएको कारण उक्त पैसा दिन नसक्ने बताएपछि तुलसाले फेरि भैरहवाकै होटेलको फोटो देखाएर पैसा नदिए बलात्कारमा फसाइदिने धम्की दिइन् ।

त्यसपछि शंकर आफ्नो इज्जत र परिवार जोगाउन तुलसाका लागि त्यो पसल पनि किनिदिन बाध्य भए, जबकि त्यसभन्दा अगाडि नै औसतमा करिब ७० हजार रुपैयाँ मासिक खर्चका लागि तुलसा र उनकी छोरी पढ्ने विद्यालयमा तिरिदिन्थे । शंकरले तुलसाको लागि त्यो पसल पनि किनिदिए । 

एआईद्वारा निर्मित तस्वीर ।

तर तुलसा पसल चलाउने भन्दा पनि अधिकांश समय घुमघाम र टिकटकमै रमाउन थालिन् । त्यो पनि राम्रोसँग चलाइनन् । बरु कपडाहरू थप्न भन्दै ५० हजार, एक लाख थप रकम मागिरहिन् । पैसा नदिए तेरो बुढीकोमा पुग्छु भन्दै धम्की दिएपछि शंकरले पैसा दिइरहे ।

यता तुलसाले आफू बसेको फ्ल्याट पनि त्यही बेलामा परिवर्तन गरिन् । बुढोले आएर टर्चर दिएकाले फ्ल्याट सरेको भनिन्, तर ती व्यक्ति पनि बुढो नभएर ब्वाई फ्रेन्ड मात्रै रहेको कुरा पछि ती ब्वाई फ्रेन्डले नै शंकरलाई बताएपछि थाहा भयो । अहिले ती ब्वाई फ्रेन्डसँग पनि तुलसाको सम्बन्ध छैन । 

त्यहीबीचमा शंकरले तुलसाका लागि पहिले डियो स्कुटर र पछि अप्रिलाको स्कुटरसमेत किनिदिए । पछि फेरि तुलसाले साबिकको पसल नचलेको भन्दै अर्को सेन्टर लोकेसनमा पसल खोज्न भनिन् । 

शंकरले ग्वार्कोको किस्ट अस्पताल अगाडि अर्को पसल खोजिदिए । तर त्यो पसल पनि उनले राम्रोसँग चलाइनन् । 

त्यहीबीचमा उनी घुम्न भन्दै पोखरा पुगिन् । पोखरा पुगेर फर्केपछि उनले अब फेन्सी नचलाउने, ज्वेलरीको पसल चलाउने भन्दै शंकरसँग २५ लाख रुपैयाँ मागिन् । शंकरले अब थप रकम दिन नसक्ने बताए । 

त्यसपछि तुलसा तेरो बुढीलाई गएर भेट्छु र सबै कुरा भन्छु भन्दै धम्काउन थालिन् । तुलसा शंकरको घर अगाडिसम्म पुग्न थालिन् । त्यसपछि बाध्य भएर शंकरले २५ लाख रुपैयाँ दिए ।

त्यो २५ लाख रुपैयाँ लिएर सुरुमा न्युरोडबाट ज्वेलरीको सामान ल्याइन् । त्यसपछि उनी भारतसम्म पुगेर स्टोन तथा धातुका ज्वेलरीका सामानहरू किन्न थालिन् । 

अनि बारम्बार बढ्न थाल्यो तुलसाको डिमान्ड

ज्वेलरीका लागि सुरुमा २५ लाख र त्यसपछि पनि पटकपटक पैसा दिइरहे, तुलसाको डिमान्ड बढिरह्यो ……

ज्वेलरीका पसलका लागि भनेर सुरुमै २५ लाख रुपैयाँ दिएका शंकरलाई पछि पनि तुलसाले बारम्बार रकम माग गर्न थालिन् । रकम नदिए तेरो श्रीमतीलाई भेटेर सबै कुरा भनिदिन्छु, फोटो र भिडियो देखाइदिन्छु भन्दै धम्की दिन थालिन् । तुलसाले आफूसँगको अन्तरंग भिडियोसमेत लुकाएर रेकर्ड गराएको शंकरले पछि मात्रै थाहा पाए । शंकरले आफ्नो पारिवारिक जीवन बचाउन तुलसाले जे जे भनिन्, त्यो त्यो गर्दै गए । 

ज्वेलरीका लागि सुरुमा २५ लाख र त्यसपछि पनि पटकपटक पैसा दिइरहे, तुलसाको डिमान्ड बढिरह्यो । 

तुलसाले भारतबाट पैसा दिनका लागि कोडसहित २० रुपैयाँको नोटमा रहेको नम्बरसहित पठाएकी म्यासेजको स्क्रिनसट ।

तुलसा ज्वेलरी किन्न भन्दै भारत जान्थिन् र जानुभन्दा केही दिन अगाडि शंकरको खातामा ४०-५० लाख रुपैयाँ हालिदिन्थिन् । त्यसपछि उनी भारत पुगेर, ५, १० वा २० को नोटको आधा च्यातिएको फोटो पठाउँथिन् । त्यसपछि न्युरोड, लगनखेल, नरदेवी, डिल्लीबजारलगायतका क्षेत्रका व्यक्तिको नम्बर दिँदै यो मान्छेलाई भेटेर यति रकम दिनु भन्थिन् । ती व्यक्तिलाई भेटेर नोटको नम्बर यकिन गरेपछि शंकर पैसा दिन्थे । पैसा दिँदा तुलसाले दिएको पैसाको दुईदेखि तीन गुणासम्म उनले पैसा दिएका छन् ।

नोटसहित रकम लिन आएका एक व्यक्ति ।

पैसा दिएका व्यक्तिको मोबाइल नम्बर, नाम, ठेगाना आदि आफूलाई याद रहेको र कतिपयलाई अहिले पनि आफूले भेट्न सक्ने शंकरले लोकपथलाई बताए । पैसा दिन आफूसँग रकम नभएपछि आफूले पटकपटक बैंकबाट ओभरड्राफ्ट लोन थप गरेको र त्यसको सावाँ र ब्याज आफूले अहिले पनि तिरिरहेको शंकरले बताए ।

शंकरले तुलसालाई हालसम्म दैनिक र मासिक खर्चबाहेक नै करिब ६ करोड रकम दिएको बताए ।

…. अनि थाहा भयो परिवारलाई

शंकरले घरमा पैसा नदिने र सबै पैसा तुलसाले मात्रै लैजान थालेपछि परिवारमा किचकिच सुरु भयो । त्यसपछि शंकरले तुलसाले मागेको थप रकम दिन सकेनन् र खर्च पनि दिन नसक्ने अवस्थामा पुगे । 

शंकरले तुलसालाई हालसम्म दैनिक र मासिक खर्चबाहेक नै करिब ६ करोड रकम दिएको बताए ……

त्यसपछि रिसले भौंतारिएकी तुलसाले आफैँ शंकरको घरमा पुगेर पुरानो फोटो र भिडियोसमेत शंकरकी श्रीमतीलाई देखाइदिइन् । साथै पैसा नदिए सामाजिक सञ्जालमा हालेर बेइज्जत गरिदिने, बलात्कारको केस हाल्ने धम्की दिइन् । 

पीडित परिवर्तित नाम शंकर चिमोरिया ।

यो थाहा पाएसँगै शंकरको परिवारमा तनाव सुरु भयो । शंकरकी श्रीमतीले डिभोर्सको तयारी गरिन् । शंकरका ससुरालीका मानिसहरू आएर तनाव दिन थाले । त्यसपछि शंकरले आफ्नो सबै कुरा भन्न बाध्य भए ।

तुलसासँग कहाँ कसरी भेट भयो ? तुलसाले के के गरिन् र किन पैसा लुटाउन बाध्य भएँ भनेर सबै भनिदिए । 

यहीबिचमा अत्यधिक तनाव भएपछि शंकरले आत्महत्याको प्रयाससमेत गरे । आत्महत्या गर्न विष किन्न हिँडेका शंकरलाई कसैले पनि विष दिन मानेनन् । त्यसपछि शंकरले करिब एक लिटर फिनेल खाइदिए । त्यसपछि बेहोस भएका उनको उद्धार भई बिएन्डी अस्पतालमा १५ दिनसम्म उपचार गराए ।

त्यसपछि शंकरकी श्रीमती र ससुरालीतर्फका सबै मानिसहरू भएर तुलसाले लगनखेलमा खोलेको पसल नियन्त्रणमा लिए । ग्वार्कोको पसल पनि नियन्त्रणमा लिए र लगेको रकम फिर्ता मागे । 

अनि माफी मागे पैसा फिर्ता दिने पासो थापिन् 

यता शंकर र उनको परिवारले लगेको रकम फिर्ता मागेपछि तुलसाले अर्को पासो थापिन् । 

यता तुलसाले पैसा मागे बलात्कारको केस हाल्ने धम्की दिएपछि उनीहरुबीच कपाली तमसुक बन्यो, अब कसैले पैसा नमाग्ने र भेटघाट कुराकानी आदि केही नगर्ने । 

तर तुलसाले तोडिन् भद्र सहमति

तुलसाको पसल नियन्त्रणमा लिएर शंकरकी श्रीमतीले ५० लाख रुपैयाँमा एक व्यक्तिलाई बेचिदिए । तर उक्त रकम पनि शंकरले चलाउन पाएनन् । तुलसाले उक्त रकम र थप ३५ लाख नदिए ‘रेप केस’ हाल्ने भन्दै नेलिका लामिछाने नाम गरेकी युवतीलाई पठाउन थालिन् । नेलिका बलात्कारको जाहेरी लिएर गई शंकरलाई भेट्ने गर्न थालिन् । शंकरले श्रीमतीलाई पनि थाहा नदिई पसल बेचेको ५० लाख र थप ३५ लाख रुपैयाँ दिन बाध्य भए ।

आरोपित तुलसा अधिकारी ।

तर त्यसपछि पनि उनको ब्ल्याकमेल रोकिएन । उनले नेपाली कांग्रेसकी एक नेतृलाई पठाएर तुलसालाई किन दुःख दिएको भन्दै थप पैसा माग्न लगाइन् । पैसा दिन नसक्ने बताएपछि शंकरलाई अपहरण नै गरियो । उनै नेतृले नेलिका लामिछाने नाम गरेकी युवतीलाई शंकरसँग डिल गर्न समेत पठाइन् । त्यतिबेला नेलिकाले बलात्कारको जाहेरी देखाएको र पैसा नदिए वा मेलमिलाप नगरे जाहेरी दर्ता भएर मुद्दा चल्ने धम्कीसमेत दिएकी थिइन् । 

वृत्तका तत्कालीन प्रमुख डीएसपी रामकुमार यादवले जाहेरी र प्रमाण अध्ययन गर्नुपर्ने भन्दै दुई दिन होल्ड गरे र अन्तमा २०८२ साउन २४ गते ठगी र आपराधिक लाभको जाहेरी दर्ता भयो ……..

जतिबेला नेलिका शंकरलाई मेलमिलापका लागि दबाब दिन गएकी थिइन्, त्यतिबेला नेलिका शंकरले किनिदिएको स्कुटर नै लिएर जाने गरेकी थिइन् । तर शंकरले अब थप कति रकम पनि दिन नसक्ने अवस्थामा रहेको बताउँदै के के पर्छ सामना गर्न तयार रहेको बताए । 

तर पनि कांग्रेस नेतृकै नेतृत्वमा शंकरमाथि ब्ल्याकमेल र धम्की नरोकिएपछि उनी परिवारसँग सल्लाह गरेर तुलसाविरुद्ध २०८२ साउन २२ गते ठगी र आपराधिक लाभको जाहेरी लिएर प्रहरी वृत्त सातदोबाटोमा पुगे । वृत्तका तत्कालीन प्रमुख डीएसपी रामकुमार यादवले जाहेरी र प्रमाण अध्ययन गर्नुपर्ने भन्दै दुई दिन होल्ड गरे र अन्तमा २०८२ साउन २४ गते तुलसाविरुद्ध ठगी र आपराधिक लाभको जाहेरी दर्ता भयो । 

उक्त जाहेरीमाथि प्रहरीले अनुसन्धान गरी सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै अनुमतिका लागि सम्पत्ति शुद्धीकरण विभागमा अनुमति माग गर्दा त्यहाँ तुलसाविरुद्ध पहिले नै सम्पत्ति शुद्धीकरणको जाहेरी दर्ता भइसकेको भेटियो । त्यसपछि विभागले त्यो उजुरीसमेत प्रहरीलाई नै पठाएर सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्न अनुमति दियो । 

त्यसपछि सातदोबाटो प्रहरीले तुलसाको सम्पत्ति विवरण, बैंक स्टेटमेन्ट, कारोबार, तिरेको कर आदि सबै पक्षको अनुसन्धान गर्‍यो । अनुसन्धानमा तुलसाले ५ लाख रुपैयाँ चुक्ता पुँजी राखेर खोलेको पसल पनि घाटामा गएको अडिट रिपोर्ट फेला पार्‍यो भने करिब २० करोडको कारोबार र ५ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति फेला पार्‍यो । 

यतिबेला सातदोबाटो प्रहरीले आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरणको विषयमा अझै अनुसन्धान गरिरहेको छ । सोही समयमा तुलसा भने नेपाल छाडेर चीन पुगेको पाइएको छ । तुलसा आफैँले सामाजिक सञ्जाल टिकटकमार्फत आफू हाल चीनमा रहेको बताएकी छिन् । 

ललितपुर प्रहरीले समेत आरोपित तुलसा अधिकारीको नाम नै उल्लेख गरी उनीविरुद्ध आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा जाहेरी परी अनुसन्धान भइरहेको जनाएको छ । उनी पक्राउ नपरेको कारण केही विषय बुझ्न बाँकी रहेकाले अनुसन्धान भइरहेको र चाँडै नै रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

(यो समाचार पीडित भनिएका शंकर चिमोरिया (परिवर्तित नाम)सँग गरिएको कुराकानी र उनले दिएको जाहेरीका आधारमा तयार पारिएको हो । यस सम्बन्धमा तुलसासँग कुराकानी गर्न खोज्दा सम्पर्क भएन । उनीसँग कुराकानी भएमा उनको भनाइसमेत समावेश गरिने छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?