बढ्यो चाँदीको मूल्य, सुनको के भयो ?

लोकपथ
294
Shares

काठमाडौं । नेपाली बजारमा  आज सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला  ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

सुनको मूल्यमा कुनै परिवर्तन नभए पनि चाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार चाँदी प्रतितोला  ५ हजार ७ सय १५ पुगेको छ ।

मंगलबार चाँदी प्रतितोला  ५ हजार ५ सय ८५ मा कारोबार भएको थियो । यसअनुसार चाँदीमा प्रतितोला १३० ले वृद्धि भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?